नक्कली प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ कर्मचारी पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नक्कली प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका ६ कर्मचारी पक्राउ


२९ श्रावण २०८०, सोमबार


घुससहित रंगेहात पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विभिन्न बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता कुमोद ढुङ्गेलले प्रशासनलाई बताए । 

प्रवक्ता ढुङ्गेलका अनुसार पक्राउ पर्नेमा ड्राइभर टोल ब्रान्च बुटवलमा कार्यरत मनीषा मास्के, मनीग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालीका ब्रान्चमा कार्यरत कल्पना खत्री र प्रतीक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खीमानन्द गौतम र सिटीजन बैंकमा कार्यरत दिपक विष्ट रहेका छन् । 

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

नक्कली डाक्टरमाथि अपरेसन जारी राखेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा आठ जनालाई पक्राउ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस