कोशीको प्रदेश सभा बैठक भदौ १ गते बस्ने « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

कोशीको प्रदेश सभा बैठक भदौ १ गते बस्ने


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ। कोशी प्रदेश सरकारले प्रदेश सभाको बैठक भदौ १ गतेका लागि बोलाएको छ ।

गत असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश सभाको बैठक भदौं १ गते दिउँसो १ बजेका लागि बोलाएको प्रदेशसभा सचिवालयले सूचनामार्फत जानकारी दिएको छ।

‘मिति २०८०-०३-१५ गतेका दिन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक मिति २०८० साल भाद्र ०१ गते शुक्रबार दिनको १:०० बजे कोशी प्रदेश सभा हल, विराटनगरमा बस्ने भएकोले कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेश सभा सदस्यज्यूहरूको जानकारीका लागि माननीय सभामुखज्यूको आदेशअनुसार यो सूचना प्रकाशित गरिएको छ।’ प्रदेशसभा सचिवालयबाट जारी सूचनामा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस