सरकार ढाल्ने, फेर्ने विषयमा बैठकमा छलफल भएको छैन : रमेश लेखक  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकार ढाल्ने, फेर्ने विषयमा बैठकमा छलफल भएको छैन : रमेश लेखक 


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसले पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनको विषयमा छलफल नभएको बताएको छ ।

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताएका हुन् । आज आइतबार दलको बैठकपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको दाबी गरे।

उहाँले भन्नुभयो, ‘बैठकमा सरकार बदल्ने, सरकार ढाल्ने, सरकार फेर्ने र अर्को सरकार बनाउने कुरा भएको छैन ।’

प्रमुख सचेतक लेखले संसदीय दलको बैठक भोलि पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरूले राख्ने सुझावलाई समेटेर महत्त्वपूर्ण प्रस्ताव पारित गर्ने बताउनुभयो । गएको शुक्रवार र आज बसेको बैठकमा ५० जना सांसदले धारणा राखेका छन् । बैठक भोलि सम्पन्न हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस