इन्जिनियर घुससहित रङ्गेहात पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्जिनियर घुससहित रङ्गेहात पक्राउ


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना इन्जिनियरलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

आयोगले धनुषाको सबैला नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी पुरु देव यादवलाई १ लाख नगद र एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले उनलाई सहिद नगर नगरपालिका ३ स्थित पशु सेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिएको हो ।

इन्जिनियर यादवले शहिदनगर नगरपालिका वडा नम्बर ९ स्थित एक विद्यालयको बाउन्ड्री निर्माण गरिरहेको आदित्य एण्ड सरोज इन्जीनीयरीङ् कन्ट्रक्सनका अख्तीयारवालले उक्त वाउन्ड्री निर्माण कार्य सम्पन्न गरी भुक्तानी माग्दा बहाना बनाई दुख दिएको र भुक्तानी दिन घुस मागेको अख्तियारको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस