बालुवाटारमा मन्त्रीसहित माओवादी पदाधिकारी बैठक जारी  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बालुवाटारमा मन्त्रीसहित माओवादी पदाधिकारी बैठक जारी 


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ  । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ। 

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह जिल्ला चितवनबाट फर्किएपछि सरकारमा रहेका मन्त्री फेर्नेबारे छलफल गर्न आज दिउँसो पदाधिकारी बैठक बोलाएका हुन्। 

बैठकमा माओवादीबाट मन्त्री बनेकाहरू पनि सहभागी छन्। 

प्रधानमन्त्री ‘प्रचण्ड’ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका छन्।

मोदीलाई फिर्ता बोलाएर उनको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री ‘प्रचण्ड’को छ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले जनमत पार्टीकी अनितादेवीलाई आइतबार नै शपथ गराउने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस