चटपटे, पानीपुरी र खुला दूध बिक्रीमा रोक लगाउने तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चटपटे, पानीपुरी र खुला दूध बिक्रीमा रोक लगाउने तयारी


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रूपमा बेचिने खानेकुराहरू बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगरले जनाएको छ । 

पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको बताइएको छ । 

बर्खायाममा पानीसँगै फैलिने सङ्क्रामक रोग फैलिन नदिन अनुगमनलाई कडाइ गरिने महानगरले जनाएको छ । जसका लागि महानगरले बजार अनुगमनका लागि तत्काल टोली परिचालन गर्नेछ । महानगरका अनुगमन गरेर सचेत गराएर सुधारको मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउने तयारी गरिएको छ । 

यस्तै काठमाडौँ महानगरले पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड विपरीत जार जफत र नष्ट गर्ने अभियानलाई निरन्तरता दिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस