‘नेपाल तस्करको अखडा बन्यो, उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘नेपाल तस्करको अखडा बन्यो, उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ’


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेस सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरेका छन् ।

साथै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।

काँग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा. कोइरालाले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । ‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरी छ’ प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उनले भने, ‘त्यसपछिका घटनाहरू हेर्नुस्, के भइरहेको छ ?’

‘उहाँले के बोल्नुभयो ? सीआईबीलाई किन दिनुपर्‍यो, हामी नै सक्षम छौँ भनेको बिर्सिनुभयो ?’ उनले अघि भने ।

काँग्रेस नेता कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।

नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौँ हामीले भन्दै नेतृत्वलाई प्रश्न गरेका उनले भने, ‘नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी छ ।’

प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै असन्तुष्टि जनाए ।

मन्त्रीहरूको कामकारबाहीको कुरा नगर्ने बताएका नेता कोइरालाले ल्यारक्याल लामाहरूको नियुक्तिले पार्टीको छवि कमजोर भइरहेको छ भन्ने मन्त्रीहरूले बुझ्नुपर्ने बताए ।

आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री प्रचण्डले ‘माओवादीलाई भोट दिनुस्, जातीय राज्य दिन्छौँ’ भनेको भन्दै उनले यसमा पार्टीले खेद प्रकट गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस