पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर चयन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर चयन


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर उल हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन्।

शनिबार राष्ट्रपति आरिफ अल्वीले अनवर-उल-हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गरेका हुन्।

राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम उक्त स्वीकृति दिएका हुन्।

प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बनेका हुन्।

कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निःवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिवार छलफल भएको थियो। सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो।

ककर मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्यसमेत हुन्। उनी सन् २०१८ को पाकिस्तानी सिनेटको चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको संसदमा निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस