अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा रेग्मी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा रेग्मी


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । नेकपा (एमाले) को जनवर्गीय सङ्गठन अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मदनराज रेग्मी चयन भएका छन्।

आज (शनिबार) धनगढीमा सम्पन्न प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटी अध्यक्षमा रेग्मी चयन भएका हुन्।

यस्तै उपाध्यक्षमा विजय साउद र हेमा शाही, सचिवमा राकेश सिंह, उप-सचिवमा तारा केशरी र विष्णु पाण्डे र कोषाध्यक्षमा गोपाल पाठकसहित ४७ सदस्यीय कमिटी चयन गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस