बालेनको कविता-तिमीलाई ओली मनपर्छ, मलाई बोली मन पर्दैन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बालेनको कविता-तिमीलाई ओली मनपर्छ, मलाई बोली मन पर्दैन


२७ श्रावण २०८०, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपाली राजनीतिका शीर्ष नेताहरूलाई कटाक्ष गरेका छन् ।

उनले शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नाम उल्लेख गर्दै व्यङ्ग्यात्मक कविता लेखेका छन् ।

उनको कविता यस्तो छ

मलाई नेता मनपर्दैन,
तिमीलाई नि त मनपर्दैन,
मलाई एउटा मन पर्दैन,
तिमीलाई यी त मनपर्दैन,
तिमीलाई केपी ओली मनपर्छ,
मलाई बोली मन पर्दैन,
तिमीलाई शेरबहादुर मनपर्छ,

मलाई टोली मन पर्दैन,
तिमीलाई प्रचण्ड मनपर्छ,
मलाई गोली मन पर्दैन ।

शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
मलाई देश मनपर्छ,
तिमीलाई के मनपर्दैछ ?

Tags :
प्रतिक्रिया दिनुहोस