२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ पत्रकार रिसालको ‘भैरव दाई’ लोकार्पण

अ+ अ-

काठमाडौँ ।  वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण गरिएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज आयोजित कार्यक्रममा सो पुस्तक लोकार्पण गरिएको हो ।

पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभूति समेटिएका छन् ।

पुस्तक लोकार्पण गर्दै मानवअधिकारकर्मी गौरीशङ्करलाल दासले पुस्तकले भैरव भाईको जीवनलाई उजागर गरेको जनाउँदै उहाँले जीवनमा प्राप्त गरेको उपलब्धि पुस्तकमा समेटिएको बताए । अधिकारकर्मी दासले भैरव रिसालसँगको अनुभूति स्मरण गर्दै भने, “म र भैरव भाई सँगसँगै काम गरेका थियौँ हाम्रो पुरानो सम्बन्ध छ । पुस्तकमार्फत उहाँले जीवनको भोगाइ समेट्नुभएको छ ।”

वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ व्यक्तित्वबाट पुस्तक लोकार्पण गराएका छन् । मानिसको जिन्दगी कर्कलाको पातको पानी जस्तो भएको उल्लेख गर्दै उनले जीवित रहुञ्जेल राम्रो काम गर्नुपर्ने बताउनुभयो । आफूले पुस्तकमार्फत जिन्दगीको अनुभव साटेको बताए ।

दलित अधिकारकर्मी राम वादीले रिसाललाई दीर्घायुको शुभकामना व्यक्त गरे । कार्यक्रममा संस्कृतिविद् डा गोविन्द नेपालीले रिसाललाई दीर्घायुको कामना गर्दै भोजपत्रको माला लगाइदिए । भक्तपुर दधिकोटका सधियारे बालचन्द्र मिश्रले असारे भाकामा वरिष्ठ पत्रकार रिसाललाई शुभकामना दिए ।

समारोहमा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, राष्ट्रियसभा सदस्य वामदेव गौतम, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, एमाले सांसद रघुजी पन्त र सूर्य थापा, नेकपा मालेका महासचिव सिपी मैनाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ठ व्यक्तित्वले रिसालको सुस्वास्थ्य, दीर्घायु र सक्रिय जीवनको शुभकामना दिएका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसाललाई देशविदेशबाट प्राप्त शुभकामना सन्देशसम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो ।