५५ दिनपछि खुल्यो संस्कृत विश्वविद्यालयमा लागेको ताला « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

५५ दिनपछि खुल्यो संस्कृत विश्वविद्यालयमा लागेको ताला


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ ।

गत असार ३ गते स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा  लगाएको ताला आज शुक्रबार खोलेका हो ।

विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक आयुर्वेद अध्ययन संस्थानका डीन प्रा.डा.चन्द्रप्रसाद भुसालको अध्यक्षतामा भएको वार्ताले विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाती तलबको ५० प्रतिशत बराबरको इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति पछि ताला खोलिएको वार्ता टोलीका एक सदस्यले जानकारी दिए । 

स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले इन्टर्नसिप भत्ता वृद्धिको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस