निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको बताएका हुन् ।

मन्त्रिपरिषदबाट पारित शिक्षा विधेयक २०८० विरुद्ध विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम घोषणा गरेका निजी विद्यालय सञ्चालकहरूले माग सम्बोधन गर्ने प्रतिबद्धता आएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले बताए । 

उनले सरकारले सरोकारवाला पक्षलाई समेटेर प्रस्तावित शिक्षा ऐन अघि बढाउने प्रतिबद्धता जनाएको जानकारी दिए । उनले सरकारको आश्वासनअनुसार सर्वस्वीकार्य शिक्षा ऐन आउने आशा पलाएको बताए ।

अहिले कम्पनी ऐनअनुसार सञ्चालित विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउन लागेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस