शान्ति वार्ताका लागिशान्ति वार्ताफिर्ता गर्नुपर्नेमा युक्रेनको जोड « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शान्ति वार्ताका लागिशान्ति वार्ताफिर्ता गर्नुपर्नेमा युक्रेनको जोड


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताएका छन् ।

इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, ‘हामीले आफ्नो भूमिबाट रुसको सेना फिर्ता गरेपछि रुससँग वार्ता गर्न सक्छौँ ।’

उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै कीभले ‘अप्रत्यक्ष रूपमा मुद्दाहरू समाधान गर्न कूटनीतिक तरिकाहरू’ अपनाउन चाहेको उल्लेख गरेका छन् ।

गत हप्ता युक्रेन सङ्कटको समाधानका लागि काम गर्न साउदी अरबको सहर जेद्दाहमा करिब ४० देशका सुरक्षा सल्लाहकार र प्रतिनिधिहरू भेला भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस