अमेरिकाको हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अमेरिकाको हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । हवाईको माउइ टापुमा आएको भीषण आँधीबेहरीका कारण लागेको डढेलोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

माउ काउन्टीले बुधबार साँझ वेबसाइटमा पोस्ट गरिएको एक विज्ञप्तिमा भनेको छ, “आगो निभाउने प्रयास जारी रहँदा सक्रिय लाहैनामा आज ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विनाशकारी डढेलोका लागि डोरा आँधीबाट आएको तीव्र हावाहुरी जिम्मेवार मानिएको छ । आँधीका कारण पर्यटकीय स्थल लाहैनाका केही भागहरू नष्ट भएका छन् ।

काउन्टीका अनुसार दुई हजार १०० भन्दा बढी मानिस रातभर चार वटा आपत्कालीन आश्रयस्थलमा बसेका थिए भने अन्य दुई हजार पर्यटक स्थानीय विमानस्थलमा आश्रय लिइरहेका थिए ।

डढेलो अझै दन्किरहेको र उद्धार टोलीले प्रभावित स्थानको लेखाजोखा गरिरहेकाले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईमा लागेको डढेलो नियन्त्रणका लागि ‘उपलब्ध सबै सङ्घीय साधन स्रोत’ लाई सहयोगको लागि प्रयोग गर्न आदेश दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस