कार्य समितिमा बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन : प्रकाशमान सिंह « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कार्य समितिमा बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन : प्रकाशमान सिंह


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो बहुमत छ भनेर नियम मिच्न नहुने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस प्रदेश १ (ख) र काठमाडौं वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले नियम मिच्दा पार्टी भित्रको प्रजातान्त्रिक आचरणमा असर पर्ने बताए । उनले आफू यस्तो प्रवृतिविरुद्ध अभियान चलाएर आएको मान्छे भएको र त्यस्तो कार्यलाई नियन्त्रण गर्नु पर्ने बताए ।

उनले भने ‘ वर्किङ कमिटीमा आफ्नो बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन भन्ने कुरालाई अभियानको रूपमा चलाएको मान्छे हो म ।

नेता सिंहले पार्टीलाई व्यवस्थित गरेर विधि नियमअनुसार लानु पर्ने बताएका छन् । समयलाई बुझेर चुनौतीको सामना गर्नु पर्ने उनको भनाइ छ ।

उनले भने ‘ यो बेकारको अस्वस्थ्य प्रतिस्पर्धा एकआपसमा नगरौं है । सबैले काम गर्दै जाऔं । अब अवसर पाउनको लागि धेरै फ्याक्टरहरू मिल्न पर्ने हुन्छ । इच्छा गर्नु आफ्नो अधिकारको कुरा हो तर आफूले चाहेको कुरा प्राप्त भएन भने बाटो नै बिराउने गरेर पार्टीको गतिविधि अगाडि बढ्दैन भन्ने हेक्का राख्नुपर्छ । ’

नेता सिंहले राजनीतिमा धैर्य पनि हुनुपर्ने बताए । व्यक्तिगत पहिचान भन्दा पनि पार्टीलाई केन्द्र विन्दुमा राखेर काम गर्नु पर्ने उनको भनाइ छ ।

उनले विरोधीहरूको भएन भन्ने नारालाई टिपेर पार्टी कमजोर भयो भनेर हिँड्न नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस