गोरखा प्रहरीले बरामद गरेको ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ : भूगर्भ विभाग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गोरखा प्रहरीले बरामद गरेको ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ : भूगर्भ विभाग


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको टल्कने ढुङ्गा क्वार्ज क्रिस्टल रहेको खानी तथा भूगर्भ विभागले प्रमाणित गरेको छ । विभागका भूगर्भविद्को समूहले दुई दिन लगाएर ढुङ्गाको विभिन्न पक्ष अध्ययन गरेको थियो ।

जिल्ला प्रशासनलाई नमुना परीक्षणबारे जानकारी गराउँदै विभागकी भूगर्भविद् डाक्टर सुस्मिता भण्डारीले बरामद भएको ढुङ्गा महत्त्वपूर्ण र बहुमूल्य रत्न पत्थर भएको बताइन् । भूगर्भविद्को टोलीले ढुङ्गाको नाप तौल लिनुका साथै यसको विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो ।

सारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद् भण्डारीले कडापनका आधारमा बरामद भएको ढुङ्गा सातौँ नम्बरमा रहेको बताइन्। उनले ५२ किलो तीन सय ३० ग्राम तौलको एउटै चट्टान भेटाउन पनि मुस्किल पर्ने पनि बताइन् ।

प्रहरीले गोरखा नगरपालिका-७ सतिपिपलबाट गएको असार १४ गते यो ढुङ्गा बरामद गरेको थियो ।

सम्बन्धित समाचार : टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा

Tags :
प्रतिक्रिया दिनुहोस