बेनी-जोमसोम सडक चार दिनपछि सञ्चालनमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बेनी-जोमसोम सडक चार दिनपछि सञ्चालनमा


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । बेनी-जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैंसरीमा खसेको पहिरोले चार दिनदेखि अवरुद्ध यातायात बुधबारबाट सञ्चालन भएको छ । सडकको पश्चिम भीरको डिलभन्दा माथिल्लो क्षेत्रमा चलेको पहिरोबाट निरन्तर लेदोसहित ढुंगामाटो तल सडकमा खस्ने र थुप्रो लाग्ने गरेको थियो ।

प्रहरी, सशस्त्र, सेना र यातायात मजदुरहरू जुटेर पहिरोबाट तल खस्न ठिक्क परेका ढुंगामाटोलाई तल खसाल्ने र पहिरोमा रहेको पानीलाई पाइपबाट तर्काएपछि एक्स्काभेटरले सडकमा थुप्रिएको पहिरो पन्छ्याएर यातायात सञ्चालन गरिएको हो । यातायात खुलेसँगै चार दिनदेखि सडकमा अलपत्र परेका भारतीय पर्यटकसमेत यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

‘पहिरोको डिलमा खस्न ठिक्क परेका ढुंगामाटो हटाएपछि केही समयलाई जोखिम कम भएको छ ।

त्यसैबीच, बेनी-जोमसोम सडकको गलेश्वर-घाँसासम्मको ३८ किलोमिटर खण्डमा राति सवारी चलाउन रोक लगाएको छ । यो खण्डको अधिकांश क्षेत्रमा माथिबाट पहिरो खस्ने जोखिम रहेकोले यात्रुको सुरक्षाका लागि राति यातायात चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस