२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनस्तरकै कुरा सुन्ने तयारीमा छु : काँग्रेस नेता सिटौला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताले संविधान र परिवर्तनबाट के कस्ता उपलब्धि हासिल गरेभन्ने विषमा सोच्नुपर्ने समय आएको बताएका छन् ।

नेपाल प्रेस काठमाडौँ शाखाका नवनिर्वाचित कार्यसमितिसँग भेटमा उनले परिवर्तनको संविधान र संविधानबमोजिमको राज्य व्यवस्थाबाट आम मानिसमा के-कस्ता परिवर्तन देखियो भन्ने विषयमा बुझ्न देश दौडाहा गर्ने जानकारी दिए । 

“यही बसेर अनुमान गर्नु राम्रो हुँदैन, त्यही भएर देशका केही स्थानमा पुगेर जनस्तरकै कुरा सुन्ने तयारीमा छु, यसले तीनै तहको बारेमा बुझ्न मद्दत गर्नेछ”, नेता सिटौलाले भने, “राज्य सञ्चालन र समाजको सोच फरक रूपमा विकसित भइरहेको छ, सत्ता र प्रतिपक्षको उद्देश्य एउटै छ, यहाँ सत्ता टिकाउने र गिराउने भन्दा फरक उद्देश्य देखिएन, उनीहरूले जनताको हितमा साँझा दृष्टिकोण उठाएको पाएको छैन ।”

उनले किसान, महिला, दलितको अधिकारसँगै निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, आवासको हक, रोजगारीको हक, स्वच्छ पिउने पानीको हक जस्ता संविधानमा रहेका मौलिक हक कार्यान्वयनबारे कसैको चासो नदेखिएकामा चिन्ता व्यक्त गरे । उनले यी सबैको कारण सबै पार्टीका नेताको स्वार्थ सत्ता र शक्ति रहेको बताए । 

गएको निर्वाचनले काँग्रेसलाई ठूलो पार्टी बनाएकाले सो दायित्वलाई बुझ्दै जनतालाई ठुलो बनाउन चुक्नु नहुने उनले बताए । “यो व्यवस्था जनताका सेवाका लागि नभई आफ्नै लागि, निजी स्वार्थका लागि प्रयोग गरिएकाले जनताको गुनासो बढिरहेको छ, यो सबै पार्टीका जनप्रतिनिधिमा देखिएको छ, यसले जनताको गुनासो झनै बढाउने काम गरिरहेको छ”, नेता सिटौलाले भने । 

उनले अहिलेको देश दौडाहा पार्टीको आउँदो महाधिवेशनसँग केन्द्रित नरहेको बताए । “महाधिवेशनको तयारी सोही वर्षमा हुन्छ, त्यो समयमा विचार मिल्ने साथीको समूह बन्ने र समूहहरूबीच प्रतिस्पर्धा हुने पार्टीको आन्तरिक लोकतन्त्रमा स्वाभाविक प्रक्रिया हो, तर अहिले नै त्यसतर्फ लाग्नु हतारो हुन्छ ।” 

उनले आउँदो महाधिवेशनबारे निर्णय लिनु अगाडि केन्द्रका नेतादेखि जनस्तरका कार्यकर्ताको कुरा बुझ्ने बताए । “म सबैको कुरा सुन्न चाहन्छु, बुझ्न चाहन्छु, पार्टीको विचार सम्प्रेषण गर्नेभन्दा पनि जनताको कुरा सुनेर समस्या सम्बोधन गर्ने छु, त्यसपछि मेरो धारणा सार्वजनिक गर्नेछु”, नेता सिटौलाले भने । आगामी भदौदेखि देश दौडाहामा निस्किने उनले जानकारी दिए ।