सरकारले गौर हत्याकाण्डका पीडितसँग ५ बुँदे सहमति गरेपछि जसपाका नेताहरू छलफलमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सरकारले गौर हत्याकाण्डका पीडितसँग ५ बुँदे सहमति गरेपछि जसपाका नेताहरू छलफलमा


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । गौर हत्याकाण्डबारे पीडितसँग सरकारले गरेको सहमतिप्रति जनता समाजवादी पार्टी (जसपा)ले चासो प्रकट गरेको छ ।

यस विषयमा छलफल गर्न जसपाका नेताहरू पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा आकस्मिक रूपमा भेट्दै छन् । नेताहरूका अनुसार केहीबेरमा कार्यकारिणी समितिका सदस्यहरूको भेट गर्ने तय भएको छ ।

जसपाका एक नेताका अनुसार नेताहरूको नियमित भेटघाट छ । कुनै औपचारिक बैठक भने राखिएको छैन ।

मङ्गलवार सरकार र गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।

सम्बन्धित समाचार : गौर हत्याकाण्ड सङ्घर्ष समिति र गृह मन्त्रालयबीच ५ बुँदे सहमति

लगत्तै जसपाका नेताहरू अनौपचारिक छलफलमा जुटेका हुन् ।

अनौपचारिक छलफलबाट धारणा बनाउने र आवश्यक परे औपचारिक बैठक राखेर पार्टीको धारणा सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस