श्रीलङ्कामा ८ लाखभन्दा बढी पर्यटक भित्रिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्रीलङ्कामा ८ लाखभन्दा बढी पर्यटक भित्रिए


२४ श्रावण २०८०, बुधबार


कोलम्बो, श्रीलङ्का । श्रीलङ्कामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए)ले बुधबार जानकारी दिएको छ ।

अगस्टको पहिलो छ दिनमा श्रीलङ्कामा ३० हजार ३०३ पर्यटक भित्रिएको र भारत, संयुक्त अधिराज्य र चीन अगस्ट को आगमनको लागि शीर्ष स्रोत बजार भएको एसएलटीडीएका अध्यक्ष प्रियन्था फर्नान्डोले बताए ।

श्रीलङ्कामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ ।

सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा सात लाख २० हजारभन्दा कम पर्यटक आएका थिए ।

यद्यपि, आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा यो उद्योगमा सुधार आएको छ । सन् २०२३ को जुन महिनामा सबैभन्दा बढी एक लाख ४३ हजार ३९ पर्यटक नेपाल भित्रिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस