सङ्खुवासभा कारागारमा दुई जना कैदीबन्दीको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सङ्खुवासभा कारागारमा दुई जना कैदीबन्दीको मृत्यु


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ । सङ्खुवासभामा एक कैदीबन्दीको मृत्यु भएको छ । बुधबार बिहान २ बजे जेलबाट भाग्ने प्रयास गर्ने नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र विनोद तोलङ्गीलाई प्रहरीले देखेर पुनः नियन्त्रणमा लिएको थियो ।

एक्कासी बिरामी परेपछि अस्पताल लैजाने क्रममा उनीहरूको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए । कैदीहरुबीच झगडा भएको बुझिएको छ ।

प्रजिअ कार्कीले भने, ‘राती २ बज जेल तोडेर भाग्न खोजे, तर प्रहरीले देखेपछि नियन्त्रणमा लिएर पुनः जेलमा राखियो र एकासी बिरामी परेर अस्पताल लैजाने क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।’

घटनाको थप अनुसन्धान भइरहेको प्रजिअ कार्कीले बताए । प्रजिअ कार्कीका अनुसार घटनाको छानबिनका लागी सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

‘यो थप अनुसन्धान भई रहेको छ भएको हो भनने कुरा त्यसपछि मात्रै खुल्छ,सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेका छौ ।’

Tags :
प्रतिक्रिया दिनुहोस