महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता


२४ श्रावण २०८०, बुधबार


जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस