जुम्लामा ७ वटा घरसहित शृङ्खलाबद्ध आगजनी गर्ने सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जुम्लामा ७ वटा घरसहित शृङ्खलाबद्ध आगजनी गर्ने सार्वजनिक


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । जुम्लामा सात वटा घरसहित शृङ्खलाबद्ध आगजनीका घटना गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

यही साउन ५ र ६ गते तथा विभिन्न समयमा सात वटा घर, ट्र्याक्टर र अटो रिक्सामा आगजनी गर्ने जुम्लाको गुठीचौर गाउँपालिका-४ उखाडी घर भई चन्दननाथ नगरपालिका-२ भण्डारीवाडा बस्ने रत्नबहादुर अधिकारीलाई प्रहरीले आज मङ्गलवार सार्वजनिक गरेको हो ।

नचिनेका व्यक्तिका समूहबाट जलेका भनिएका सात वटा घर रत्नबहादुर अधिकारीले जलाएको पुष्टि भएको छ । एकै समयमा जलेको ट्र्याक्टर, अटो रिक्सामा समेत उनले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

अधिकारीले साउन २ गते चन्दननाथका साउनेखर कामीको गाईभैँसी पाल्ने कच्ची गोठसमेत जलाएको प्रहरीले आज भएको पत्रकार भेटघाटमा जानकारी दिएको छ ।

रत्नबहादुरले आफू गरिब भएकाले कसैले पनि ऋण नदिएको, उधारो पनि नपत्याउने भएकाले यस्ता कार्य गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले नेपाली सेनामा केही समय जागिर खाएर छोडेका थिए । प्रहरीले उनलाई साउन ६ गते पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस