मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । सरकारले सरकारले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, विभागीय प्रमुखहरू तथा अन्य सम्बद्ध निकायका प्रतिनिधिहरूको बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रमको संयोजन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समन्वय गर्ने गरी विभिन्न विषयगत मन्त्रालयसहितको नीतिगत मार्गदर्शन र निकायगत समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा अनुगमन तथा सहजीकरण समिति बनाइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुखको अध्यक्षतामा द्रुत कार्य समूह तथा प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्टकको अध्यक्षतामा प्रचार प्रसार समिति गठन गरिएको छ । 

बैठकले विश्वव्यापी रूपमा बढ्दो तनाव, बेरोजगारी, रोगको महामारी जस्ता क्रियाकलापले जनताको मानसिक स्वास्थ्यलाई असर गरिरहेकोले त्यस सम्बन्धी कानुन एवम् नीतिमा सुधार गरी सरोकारवाला निकायहरूको साझा प्रयासमार्फत मानसिक रोग बारे जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सफलतापूर्वक सञ्चालन गर्न साथ र सहयोगको लागि सबै सरोकारवाला निकाय तथा सर्वसाधारणमा अपिल गर्ने निर्णय पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस