२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी

अ+ अ-

काठमाडौँ । सरकारले सरकारले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, विभागीय प्रमुखहरू तथा अन्य सम्बद्ध निकायका प्रतिनिधिहरूको बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रमको संयोजन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समन्वय गर्ने गरी विभिन्न विषयगत मन्त्रालयसहितको नीतिगत मार्गदर्शन र निकायगत समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा अनुगमन तथा सहजीकरण समिति बनाइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुखको अध्यक्षतामा द्रुत कार्य समूह तथा प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्टकको अध्यक्षतामा प्रचार प्रसार समिति गठन गरिएको छ । 

बैठकले विश्वव्यापी रूपमा बढ्दो तनाव, बेरोजगारी, रोगको महामारी जस्ता क्रियाकलापले जनताको मानसिक स्वास्थ्यलाई असर गरिरहेकोले त्यस सम्बन्धी कानुन एवम् नीतिमा सुधार गरी सरोकारवाला निकायहरूको साझा प्रयासमार्फत मानसिक रोग बारे जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सफलतापूर्वक सञ्चालन गर्न साथ र सहयोगको लागि सबै सरोकारवाला निकाय तथा सर्वसाधारणमा अपिल गर्ने निर्णय पनि गरेको छ ।