एएफसी कपमा भुटानको पारोलाई हराउँदै नेपालको मच्छिन्द्र क्लब दोस्रो चरणमा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

एएफसी कपमा भुटानको पारोलाई हराउँदै नेपालको मच्छिन्द्र क्लब दोस्रो चरणमा


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । भुटानको पारो एफसीलाई ३-२ गोलले हराउँदै नेपालको मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरण पुगेको छ ।

दशरथ रंगशालामा मङ्गलवार साँझ भएको खेलमा भुटानले सुरुवाती अग्रता लिए पनि त्यसपछि मच्छिन्द्रले लगातार तीन गोल गरेको थियो । मच्छिन्द्रका विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाडिपोले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भुटानी क्लबले लिएको थियो । पारोका काजु होम्माले सातौँ मिनेटमा अग्रता दिलाएका थिए । तर, विमलले १२औँ मिनेटमा खेल बराबरीमा ल्याए । त्यसपछि आयुषले १५ र अफिजले ३८औँ मिनेटमा गोल गरेका हुन् ।

पारोका इभान्स असान्तेले ७१औँ मिनेटमा गोल फर्काउँदै टोलीको पुनरागमन प्रयास गरेका थिए । मच्छिन्द्रले दोस्रो चरणमा अब भारतको मोहन बगानसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस