२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजार अनुगमन तीव्र बनाउन मन्त्री रिजालको निर्देशन

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। 

आज मन्त्रालयमा आयोजित ‘चामललगायत अन्य दैनिक अत्यावश्यक खाद्यवस्तुमा भएको मूल्य वृद्धि, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति तथा बजारको नियमन’ सम्बन्धी विषयको समीक्षा कार्यक्रममा उनले अनुगमनलाई निरन्तरता दिन, बजारमा मूल्यवृद्धि हुन नदिन निर्देशन दिएको हो।

मन्त्री रिजालले चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित र सर्वसुलभ बनाउन तथा बजारको अनुशासन कायम गर्न सम्बद्ध सबैलाई आ-आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गरी कार्य गर्न निर्देशन दिए।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरू, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, मन्त्रालयका सहसचिवहरू तथा आपूर्तिसँग सम्बन्धित संस्थानका प्रमुखको उपस्थिति रहेको थियो।