काँग्रेस समावेशिताको पक्षमा छ : देउवा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काँग्रेस समावेशिताको पक्षमा छ : देउवा


२३ श्रावण २०८०, मंगलबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी संविधान बनाउने नेतृत्व गर्ने काँग्रेस समावेशिताको पक्षमा रहेको बताएका छन् । उनले नेपाल प्राकृतिकरुपमा मात्रै नभएर जातजाति, भाषाभाषी र संस्कृतिका आधारमा पनि विविधतायुक्त रहेको बताए ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले २९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा गरेको कार्यक्रममा सभापति देउवाले आदिवासी जनजाति समुदायका विभिन्न झाँकीहरू हेरेपछि आफूलाई नेपाल निकै सुन्दर रहेको अनुभूत भएको बताए ।

‘नेपाल प्राकृतिकरुपमा मात्रै होइन, जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण छ । यी सबै कुराहरू हाम्रो देशका सम्पत्ति हुन् । हामीले यी सबै कुरालाई संरक्षण र संवर्द्धन गर्दै बहुसांस्कृतिक देशका रूपमा नेपाललाई चिनाउन सक्छौँ,’ उनले भने ।

उनले काँग्रेस सधैँ समावेशिताको पक्षमा रहेको बताए । ‘हाम्रो देशै यस्तो छ, हामीले समावेशी संविधान लेखेका छौँ । र त्यहीअनुसार हाम्रो पार्टी पनि समावेशी बनेको छ । अनि हामी पनि समावेशिताको पक्षमा उभिएका छौँ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस