प्रदर्शनकारीमाथि कुटपिट भएको घटनामा छानबिन समिति गठन  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदर्शनकारीमाथि कुटपिट भएको घटनामा छानबिन समिति गठन 


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ टेकु अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको विषयमा छानबिन समिति गठन भएको छ।

मगर तथा तामाङ समुदायले अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्नुपर्ने मागसहित प्रहरी परिसर अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले प्रदर्शनीमाथि कुटपिट गरेको भन्दै गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो। 

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मङ्गलवार प्रतिनिधि सभामा बोल्दै प्रहरीले नियन्त्रणमा लिनेक्रममा कुटपिट गरेको गुनासोपछि छानबिन समिति गठन गरिएको बताए। 

उक्त समितिमा को-को छन् भन्ने खुलिसकेको छैन। 

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ ले तामाङ, मगर समुदायप्रति लक्षित गरी विवाहबारे दिएको अभिव्यक्तिपछि मगर र तामाङ समुदायले साउन १७ गते टेकुमा प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा ढुंगामुढा भएको थियो भने प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस