मेरो, तेरो दल भनेर होइन, सबै भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ : मेटमणि चौधरी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मेरो, तेरो दल भनेर होइन, सबै भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ : मेटमणि चौधरी


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव एवम् प्रतिनिधि सभाका सदस्य मेटमणि चौधरीले जनताले सुन काण्डसहित सबै तस्करी र भ्रष्टाचारमा संलग्नहरूको अनुहार देख्न पाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै उनले सरकारले यो वा त्यो राजनीतिक दल भनेर दोषी करार गर्ने र संरक्षण गर्न नहुने बताए ।

‘मेरो दल वा तेरो दल भनेर होइन, सबै भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘कसैलाई तर्साउनका लागि वा कसैलाई सहयोग गर्नका लागि भन्दा पनि जो–जो अपराधी हुन्, उनीहरूको अनुहार जस्ताको त्यस्तै देख्न पाउने वातावरण निर्माण गर्नका लागि सरकारलाई हाम्रो आग्रह छ ।’

उनले विगतमा दलको नेता भन्ने बित्तिकै जे गरे पनि हुने अवस्था रहेको भन्दै अब त्यस्तो दिनको अन्त्य भएको बताए । ‘अहिले सरकारप्रति नागरिकको विश्वास बढेको छ, नागरिकमा आशा पलाउन थालेको छ, त्यो जो सुकै होस्, यदि भ्रष्टाचारमा संलग्न छ भने उसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने ।

उनले संसद् अवरुद्ध हुँदा जनताका सवालहरू पनि बन्धक भएको भन्दै राजनीतिक दलहरू सच्चिएर अघि बढ्न तयार हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस