‘आयोग बनाउने नै हो भने मदन भण्डारीको मृत्यु सम्बन्धी फाइल खोलौँ’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘आयोग बनाउने नै हो भने मदन भण्डारीको मृत्यु सम्बन्धी फाइल खोलौँ’


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विस्तृत अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नैपर्ने विषय धेरै रहेको बताएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले ३३ किलो सुनको एक तोला समेत नभेटिएर त्यो प्रकरण यसै सेलाएको, निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको, मदन भण्डारीको निधनको विषयमा पनि उच्च स्तरीय छानबिन आयोग गठन गर्न सकिने बताएका हुन् ।

‘‘मदन भण्डारीको निधन भयो । बाहिर बोल्दा मित्रहरूले उठाउने गर्नुहुन्छ । उच्चस्तरीय आयोग बनाऔँ, भन्दै गर्दा त्यो फाइल पल्टाऔँ’ महामन्त्री शर्माले प्रस्ताव गरे ।

२०७५ साल गुज्रेको पाँच वर्ष भएको उल्लेख गर्दै उनले थपे, ‘आजका प्रतिपक्षका नेता त्यसबेला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ गइसकेपछि काँग्रेसका सभापति प्रधानमन्त्रीका रूपमा आउनुभयो । अहिले गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ । आयोग बनाउने नै हो भने निर्मला पन्तको हत्याको विषयमा बनाऔँ ।’

तर अनुसन्धान गर्ने निकाय अनुसन्धानमा प्रवेश गर्ने बित्तिकै त्यस विषयमा अवरोध नगर्न र अनुसन्धान सकिनेबेलासम्म धैर्यता गर्नुपर्ने काँग्रेस महामन्त्री शर्माको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस