सुन तस्करी प्रकरणबारे संसदमा जवाफ दिँदै गृहमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन तस्करी प्रकरणबारे संसदमा जवाफ दिँदै गृहमन्त्री


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । संसदमा रहेका राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा बैठक सञ्चालन गर्ने सहमति भएको छ ।

सभामुख देवराज घिमिरेको पहलमा बसेको सबै दलका प्रमुख सचेतक र सचेतकहरूको छलफलमा सदनलाई नियमित रूपमा चलाउने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।

मङ्गलवार बस्ने प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सबै दलबाट एक÷एक जना र स्वतन्त्र सांसद गरी १३ जनाले बोल्नेछन् । त्यसपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने जनाइएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस