नारायणगढ-मुग्लिन सडक सञ्चालन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नारायणगढ-मुग्लिन सडक सञ्चालन


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ५ बजे खसेको पहिरो पन्छ्याएसँगै केही समय अघिदेखी सडक-खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको हो ।

इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो । बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरुपमा सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पहिरो पन्छ्याएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । यस सडक-खण्डमा पटक-पटक पहिरो खस्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस