राजपत्रमा प्रकाशित गरेसँगै मिटरब्याज समस्या समाधान गर्ने ऐन लागू « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजपत्रमा प्रकाशित गरेसँगै मिटरब्याज समस्या समाधान गर्ने ऐन लागू


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । मिटरब्याज सम्बन्धी समस्यालाई समाधान गर्नका लागि मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० लागू भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिसकेपछि उक्त ऐन सरकारले राजपत्रमा प्रकाशित गरेसँगै ऐन लागू भएको हो ।

ऐनमा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ पछि दफा २४९ क थप गरेर सम्बोधन गरिएको छ । जसको उपदफा एकमा कसैले अनुचित लेनदेन गर्न वा गराउन नपाइने उल्लेख छ ।

उपदफा दुईमा लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दाकै बखत ब्याज रकमसमेत सावाँमा जोडी लिखत तयार गर्ने, व्याजलाई साँवामा जोडी नयाँ लिखत तयार गर्ने, ऋणीले तिरे बुझाएको रकमको भरपाई नदिने वा लित नबनाउने लगायतका काम गरेको अनुचित लेनदेन गरेको वा गराएको मानिने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस