प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । प्रतिकूल मौसमका कारण मङ्गलवार पोखरामा हवाई उडान प्रभावित बनेको छ । बिहानैदेखिको निरन्तर वर्षाका कारण पोखरामा एउटा पनि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सोहीकारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन् ।

मङ्गलवार भरतपुरमा बिहानको तीन वटा उडान भएपछि पुनः उडान बन्द भएको छ । जनकपुरमा समेत मङ्गलवार केही ढिला मात्र विमानस्थल खुलेको थियो । यसबाहेकका गन्तव्यमा भने नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान भने नियमित नै भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस