Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउनु हुन्न : सञ्चारमन्त्री शर्मा


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालकहरूले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको टिप्पणी गरेकी छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले गणतान्त्रिक व्यवस्था आफैँमा राम्रो व्यवस्था भएपनि केही खराब कामको दृष्टान्त दिँदै गणतान्त्रिक व्यवस्थामाथि प्रहार हुने गरेको बताइन् ।

व्यवस्था र व्यवस्था सञ्चालक फरक-फरक कुरा भन्दै उनले व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउनु नहुने उल्लेख गरिन् । मिडियाले सबै क्षेत्रका सकारात्मक कुराहरूलाई पनि स्थापित गराउन लाग्नुपर्नेमा उनको जोड थियो ।

उनले भनिन्, ‘सांसदका स्वकीय सचिवहरू को-को छन् ? को(को हुन्छन् ? क–कसलाई स्वकीय राख्छन् भन्ने कुरा आइरहँदामा परिवारबाट राख्छन् भन्ने कुराको लिष्ट बन्छ । पत्रिकामा छापिन्छ । जसले त्यो गरेको छैन । जसले सहिद परिवार राख्छ । जसले कार्यकर्ता राख्छ । त्यसको नाम नै आउँदैन । चर्चा नै हुन्न । त्यो नगर्ने मान्छे कसरी प्रोत्साहित होला ? नकारात्मक कुरालाई प्रहार गर्नुको उद्देश्य सकारात्मक होस् भनेर हो । तर, सँगसँगै सकारात्मक कुरालाई अलिअलि त स्थापित गरेर जानुपर्‍यो । समाजमा आशाको दियो बाल्नुपर्‍यो ।’

मन्त्री शर्माले नियमावली बनाएर भएपनि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न लागिरहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस