हिंसापीडितको लागि ओसिएमसी सेवा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हिंसापीडितको लागि ओसिएमसी सेवा 


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । यौनजन्य हिंसापीडितले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिन सक्ने भएका छन् ।

हिंसाजन्य घटनामा परेकाहरूको उपचार, प्रशासनिक कारबाही प्रक्रिया, कानुनी सहायताजस्ता सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने गरी काठमाडौँका पाँच अस्पतालमा ओसिएमसी सेवा उपलब्ध छन् ।

कान्ति बाल अस्पताल, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यस्ता केन्द्र सञ्चालनमा छन् । काठमाडौँका पाँच वटा ओसिएमसी र अस्पतालका प्रतिनिधिबीच सोमबार भएको संयुक्त बैठकमा काठमाडौं महानगरकी मेयर सुनीता डंगोलले ओसिएमसीबाट निःशुल्क रूपमा उपचार, कानुनी र प्रशासनिक सहयोग पाइने भन्दै यसबारे सबैलाई सूचित गर्नुपर्ने बताइन् ।

हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारबाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा ओसिएमसी हो । अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन निर्देशिका ०७७ बमोजिम काठमाडौँका पाँच अस्पतालमा भएको छ । केन्द्रहरूमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक, सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित एवं प्रभावित महिला, बालबालिका र पुरुषहरू आउने गर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस