शीर्ष तीन दलको बैठक बालुवाटारमा जारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

 शीर्ष तीन दलको बैठक बालुवाटारमा जारी 


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ ।  प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल सुरु भएको छ । 

सोमबार सभामुखको नेतृत्वमा छुट्टाछुट्टै शीर्ष तीन दलका नेतासहित बसेको दुवै बैठक निर्णयमा पुग्न नसक्दा आज पुनः १० बजेको लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसदको अवरोध खुलाउने बारेमा नै छलफल केन्द्रित रहेको एमाले सचेतक महेश बर्तौलाले  जानकारी दिए । 

सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा एमालेको अडानका कारण हिजो सिंहदरवार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षविहीन बनेको थियो ।  

मंगलबार जारी बैठकमा संसदको गतिरोध अन्त्यको लागि थप छलफल मार्फत संसद सुचारु गर्ने सरकारको तयारी अनुसार दिउँसो ३ बजेको लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्नु अघि प्रमुख दलबीच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक डाकिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस