छोराको लट्ठी प्रहारबाट आमाको ज्यान गयो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

छोराको लट्ठी प्रहारबाट आमाको ज्यान गयो


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ ।

शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लट्ठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लट्ठीले टाउकोमा हानी  आमाको ज्यान गएको प्रहरीले जनाएको छ ।

छोरा नवीनलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस