बनेपाको धनेश्वर क्षेत्र डुबानमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बनेपाको धनेश्वर क्षेत्र डुबानमा


२३ श्रावण २०८०, मंगलबार


काठमाडौँ । निरन्तरको भारी वर्षाको कारण बनेपा धनेश्वर क्षेत्र डुबानमा परेको छ ।

काभ्रेको व्यस्त सडक रूपमा रहेको बनेपा पनौती सडक खण्ड अन्तर्गत धनेश्वर क्षेत्र डुबानमा परेको हो । गयरातीबाट परेको अविरल वर्षाको कारण मंगलबार बिहान धनेश्वर क्षेत्र भएर बग्ने पुन्यमाता खोलामा पानीको सतह बढ्दा खोला पुलमाथि बाट सडकमा आएको छ । उक्त क्षेत्र पुरै डुबानमा परेको छ ।

स्थानीय जनप्रशासन र प्रहरीले बाढीबाट हुने सम्भावित क्षतिबाट बच्न डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस