अमेरिकाको पेन्सिलभेनियामा चार्टर बस दुर्घटना हुँदा ३ यात्रुको मृत्यु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

अमेरिकाको पेन्सिलभेनियामा चार्टर बस दुर्घटना हुँदा ३ यात्रुको मृत्यु


२३ श्रावण २०८०, मंगलबार


वाशिङ्टन । संयुक्त राज्य अमेरिकाको पेन्सिल्भेनिया राज्यमा आइतबार ५० जना यात्रु बोकेको बस अर्को गाडीसँग ठोक्किँदा तीन जना यात्रुको मृत्यु भएको एसोसिएटेड प्रेसले जनाएको छ ।

सो दुर्घटना राति ११:५० बजे भएको थियो । दउफिन काउन्टीको तल्लो प्याक्सटन टाउनशिपको दक्षिण क्षेत्रमा बस पल्टिएको थियो ।

थुप्रै मानिसहरूलाई चोटपटक लागेको र तिनीहरूलाई अस्पताल पुर्‍याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस