२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती नदीले खतराको तह पार गर्‍यो, वर्षा अझै नरोकिने

अ+ अ-

काठमाडौँ । निरन्तरको वर्षाले बागमती लगायतका देशका विभिन्न क्षेत्रका ठूला नदी र खोलामा खतराको तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले रौतहट,सर्लाहीका नदी किनाराका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको सूचना अनुसार बागमतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । हनुमन्ते,मनोहरा लगायतमा पनि जल सतह निकै बढेको छ । बागमती जलाधार क्षेत्रकै हरिहरपुरगढी सिन्धुली, मरिन कुशुनटार आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । यस्तै, बर्दियाको बबई नदीले पनि खतराको तह पार गरेको छ । दाङ आसपासका क्षेत्रमा पनि भारी वर्षा भएकाले राप्ती नदीको जल सतह उच्च भएको छ । निरन्तरको वर्षा नरोकिएकाले ती नदी लगायत अन्य खोला र साना खहरामा बाढीको सतह बढ्दो क्रममा रहेको छ ।

अहिले देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मंगलबार राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। साथै, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रहरूमा बाढी तथा पहिरोको जोखिम बढ्दो रहेकोले सर्तकर्ता अपनाउन जल तथा मौसम र बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पछिल्लो २४ घण्टामा मोरङमा भारी वर्षा भएको छ । विराटनगरमा सबैभन्दा उच्च १०९ दशमलव ५ मिलिमिटर मापन भएको छ । यस्तै, काँस्कीको पोखरामा १०२ दशमलव ५ मिलिमिटर, लुम्लेमा ८८ दशमलव २ मिलिमिटर,विरेन्दैन्गरमा ४४ दशमलव ५,ओखलढुङ्गामा ६० दशमलव ७ मिलिमिटर र काठमाडौँमा १४ दशमलव ३ मिलिमिटर वर्षा भएको छ ।