संसद चल्दैन, सत्ता र प्रतिपक्षको बार्गेनिङ चल्छ : रवि लामिछाने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसद चल्दैन, सत्ता र प्रतिपक्षको बार्गेनिङ चल्छ : रवि लामिछाने


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा बार्गेनिङ मात्रै चलिरहेको टिप्पणी गरेका छन् । सत्तापक्ष र प्रतिपक्षको लडाईको कारणले पटक-पटक संसद बैठक बस्दै नबसी स्थगित भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘वर्षौँदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं । कयौँ कानुन बनाउनु पर्ने छ, कयौँ कानुनमा संशोधन छन् । जन सरोकारका कयौँ मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद…।’

कानून बनाउने, कानूनमा संशोधन गर्ने जन सरोकारका कयौँ मुद्दामा छलफल र निर्णय गर्ने ठाउँमा बार्गेनिङ मात्रै चलेको बताए । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ । अवरोध हटाउन अहिले तीन दलका शीर्ष नेताहरू छलफलमा छन् । तर, प्रधानमन्त्री छानबिनको लागि समिति गठन गर्ने पक्षमा छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस