सहमति नजुटेपछि प्रतिनिधि सभा बैठक स्थगित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सहमति नजुटेपछि प्रतिनिधि सभा बैठक स्थगित


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो।

तर सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको हो।

प्रमुख प्रतिपक्षी एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखिरहेको छ। सत्ता पक्ष भने समिति बनाउन तयार भएको छैन।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा आज दुई पटकसम्म छलफल भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस