हिमालयनलाई सवा करोड र कुमारी बैंकलाई साढे ५९ लाख जरिवाना « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हिमालयनलाई सवा करोड र कुमारी बैंकलाई साढे ५९ लाख जरिवाना


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियम उल्लङ्घन गर्ने तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

कुमारी बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पालना नगरेको भन्दै ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ जरिवाना गरिएको छ । गत आर्थिक वर्षमा कुमारी एक पटक कारबाहीमा परेको केन्द्रीय बैंकले जनाएको छ । कुमारी बैंकले माघमा सीडि रेसियो उल्लङ्घन गरेको थियो ।

यता सीडी रेसियो उल्लङ्घनकै अभियोगमा हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

यस्तै प्रिमियम दर बढाई ब्याज असुल गरेको भन्दै प्राइम कर्मसियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई सचेत गराइएको छ । प्राइमले कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस