राष्ट्रिय वाणिज्य बैंक मार्फत विदेशबाट अब निःशुल्क मनी ट्रान्सफर गर्न सकिने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय वाणिज्य बैंक मार्फत विदेशबाट अब निःशुल्क मनी ट्रान्सफर गर्न सकिने 


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । उत्कृष्ट बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ्ग मार्फत नयाँ नयाँ सुविधाहरू दिँदै आइरहेको छ । 

बैंकले आफ्नो वेबसाइट, मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको आरबीबी रिक्वयष्ट रेमिटबाट सजिलै अमेरिका, अस्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने आरबीबी रिक्वयष्ट रेमिट सुविधा सञ्चालनमा ल्याएको छ ।  

यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ्ग र ट्रान्सफर प्रयोग गरी बैंकको आरबीबी रिक्वयष्ट रेमिट पोर्टलको सेनड रेमिट मार्फत रकम पठाउन सक्नेछन् । साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन् । 

राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यवस्था भएको हो । यस कार्यकालागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ । ग्राहकहरूले सुरक्षित रूपमा बैंकको वेबसाइट ( www.rbb.com.np), मोवाईल बैंकिङ्ग (डिजिटल संसार), तथा ईन्टरनेट बैंकिङ्गको पोर्टल

https://smartbanking.rbb.com.np/#/ login र यिनष्ल वा सोझै https://www.rbb.com.np/content/rbb-request-remit  माध्यमबाट बिना झन्झट एकै क्लिक गरी घरमै बसेर पठाउने र पाउने दुवैले रेमिटान्स सुविधाको उपयोग गर्न सक्नेछन् ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, QR Code सेवा, एइक् POS (Point of Sale) सेवा, Credit Card, Debit Card, Connect IPS, बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, QR Code सेवा, एइक् POS (Point of Sale) सेवा, Credit Card, Debit Card, Connect IPS (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रूपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने ग्क्क्म् मोवाईल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन । 

Tags :
प्रतिक्रिया दिनुहोस