माधव नेपाल विदेश प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी भुसाललाई « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

माधव नेपाल विदेश प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी भुसाललाई


२२ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपाल प्रवासी नेपाली एकता मञ्चले स्विजरल्याण्ड, स्पेन, कोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

सोमबार बिहान साँढे सात बजेको फ्लाइटबाट गएका उनले जानुअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी कृर्षि तथा पशुपंक्षी विकास मन्त्री समेत रहेका पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष डाक्टर बेदुराम भुसाललाई दिएका छन् ।

नेपाल नेकपा एस सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले चार राष्ट्रमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी भएर आगामी भदौ १ गते नेपाल फर्किने कार्यक्रम रहको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस