हरवाचरवाको लगत सङ्कलन र परिचय पत्र वितरण गर्न माग « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

हरवाचरवाको लगत सङ्कलन र परिचय पत्र वितरण गर्न माग


२१ श्रावण २०८०, आइतबार


काठमाडौँ ।  राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले हरवाचरवाको लगत प्रमाणीकरण र परिचय पत्र वितरण तत्काल सुरु गर्न माग गरेको छ ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी मञ्चले नीति कार्यक्रम र बजेटमा परेका हरवाचरवा लक्षित कार्यक्रममा आफूहरूको पहुँच सुनिश्चित हुनुपर्ने, भूमि, आवास, शिक्षा, सीप विकास र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।

त्यस्तै प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने विपन्न र गरिब लक्षित कार्यक्रममा हरवाचरवाहरुलाई प्रथामिकतामा राख्नुपर्ने पनि मञ्चले माग गरेको छ ।

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवाको लगत सङ्कलन, प्रमाणीकरण तथा परिचय वितरण गर्ने कार्यक्तम राखेको छ। मञ्चका राष्ट्रिय अध्यक्ष दशनलाल मण्डलले मधेश सरकारलाई बजेटमा उल्लिखित यो कार्यक्रम तत्काल सुरु गर्न माग गरे ।

कुनै कारणले तथ्याङ्क लिने काममा आलटाल वा ढिलाइ हुने अवस्था भए आन्दोलन गर्ने मञ्चले चेतावनी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस