यो राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छ : अध्यक्ष लिङ्देन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यो राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छ : अध्यक्ष लिङ्देन 


२० श्रावण २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले, यो राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरेका छन् । 

शनिवार काठमाडौँको इन्द्रायणीमा आयोजित एक कार्यक्रममा उनले यही गणतन्त्र, यही धर्म निरपेक्षता र सङ्घीयताको बाटोले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरेका हुन् ।

काम नगरी राप्रपाको नेता हुने सुविधा र छुट कसैलाई नभएको भन्दै उनले राप्रपामा पनि परिवर्तन जरुरी रहेको बताए । 

उनले भने, ‘काम नगरी राप्रपाको नेता हुन पाँईदैन् । सुविधा र छुट छैन  । किन भने नेपालको राजनीतिमा दुई वटा कित्ताहरु छ एउटा गणतन्त्र यही धर्म निरपेक्षता सङ्घीयता र त्यसले अभिलम्बन गरेको बाटो ठिक छ र अहिले जे भईराखेको छ त्यसैबाट देशलाई अगाडि लैजानुपर्छ भन्ने एउटा कित्ता छ। त्यो बाटोले देशलाई निकास दिँदैन मात्र होइन देशलाई दुर्घटनामा लान्छ । त्यसकारण त्यो परिवर्तन जरुरी छ भन्ने त्यो अर्को पाटो हो राप्रपा पार्टी ।’

तीन तहको सरकार चाहिँदैन हिन्दु राष्ट्र र राजा चाहिन्छ भन्ने राप्रपा बाहेक अरु कुनै पार्टी  नभएको उनको भनाई छ । उनले भने ‘त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अरु पार्टीको नेता जस्तो भ्रष्ट हुने सुविधा छैन् अरु नेता जस्तो १० गेट बनाएर दलाली गर्ने छुट पनि छैन् ।’

उनले आफूले आफ्नै देशका अस्पतालमा उपचार हुन नसकेपनि देशको पैसा खर्च गरेर विदेशमा गएर उपचार नगर्ने उद्घोष गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस