कञ्चनपुरमा चक्कु प्रहार गरी श्रीमतीको हत्या « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कञ्चनपुरमा चक्कु प्रहार गरी श्रीमतीको हत्या


२० श्रावण २०८०, शनिबार


काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीले २१ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ ।

‘प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ’, प्रहरी निरीक्षक साउँदले भने–’घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’ चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस